सङ्घीयता क,मजोर बनाउने ष,ड्य,न्त्र हुँदैछ – मुख्यमन्त्री राई

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिले सङ्घीयतालाई क,मजोर बनाउने ष,ड्य,न्त्र भइरहेको बताउनुभएको छ । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उहाँको भनाइ छ ।

भोजपुरको टेम्केमै,युङ गाउँपालिकामा आयोजित ‘टेम्केमै,युङ मुन्दुम सांस्कृतिक महोत्वस–२०७६’ को उ,द्घाटनका लागि गृह जिल्ला आउनुभएका राईले तीन तहको सरकार कार्यान्वयनमा आएपछि विकासको लहर चलेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, “देश सङ्घीय प्रणालीमा गएपछि विकासले गति लिएको छ, तर यसलाई समाप्त पार्न विभिन्न ष,ड्य,न्त्र भइरहेका छन्, यसलाई हामीले सामना गर्नैपर्छ ।” यतिबेला जनप्रतिनिधिलाई सेवा गर्ने अवसर आएको बताउँदै उहाँले जनतालाई छ,ल्ने र वा,हना बनाउने कुनै छुट नभएको बताउनुभयो ।

“जनताले हामीबाट धेरै आशा गरेको छन्, यो हाम्रो समय भनेको विकास र समृद्धिमा लाग्ने समय हो, यसर्थ हामीलाई जनताको काममा आ,लटाल गर्ने कुनै छुट छैन”, उहाँले भन्नुभयो । अहिले साना योजनाका लागि पनि काठमाडौँ धाउनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले ठूला लगानीका योजनालाई सञ्चालन गर्ने हैसियत प्रदेश सरकारसँग रहेकाले विकास भएन भनेर न,डराउन आ,ग्रह गर्नुभयो ।

जनताको भलाइलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उहाँले भोजपुरको शिर उच्च राख्ने गरी आफूले प्रदेशको नेतृत्व गरिरहेको बताउनुभयो । “मैले मेरो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु, तपाईँहरुले म माथि गर्नुभएको भरोसालाई केन्द्रविन्दुमा राखेर विकासका काम सञ्चालन भइरहेको छ, अबको केही वर्षमा भोजपुर विकासको गतिमा निकै माथि उठ्छ, यहाँहरुले साच्चै विकासको अनुभूति गर्न पाउनुहुन्छ ।”

उहाँले गाउँपालिकाको आयोजना गरेको महोत्सवले भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन टेवा मिल्ने बताउनुभयो । पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने लक्ष्यका साथ आयोजना हुने यस्ता मेला महोत्सवले स्थानीय सरकारलाई आर्थिक रुपमा म,जबुत बनाउने उहाँको भनाइ थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖