सँधै पी डितको प क्षमा ‘सीधाकुरा जनतासँग’

काठमाडौं, १३ फागुन । ‘सीधाकुरा जनतासँग’ कार्यक्रमले सुरुवातदेखिनै आम नागरिकसँग जोडिएका विषयलाई पहिलो प्रथमिकतामा राख्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्ष अगाडि नै तुइन विस्थापित गराउने घोषणा गरे पनि अहिले हुम्लाको खार्पुनाथस्थित कर्णाली नदी तर्नका लागि तुइनको विकल्प नै छैन, त्यो पनि प्रतिव्यक्ति एक सय रुपैयाँ तिरेर ।

हामीले तुइन चढ्न सय रुपैयाँ र सामग्री तार्न ५० रुपैयाँ तिर्नुपर्ने बाध्यताका विषयमा रिपोर्टिङ गरेपछि प्रधानमन्त्री ओलीले त्यस विषयमा टिप्पणी गरेका छन् । मुलुकमा दुई वटा तुइन मात्र विस्थापित गर्न बाँकी रहेका भन्दै मि’डियाले सोही तुइनहरु देखाउने गरेको प्रधानमन्त्री ओलीको आरोप छ । मुगु, हुम्ला, जुम्ला, जाजरकोट, बझाङ, दैलेख, कालिकोट लगाएतका जिल्लाका स–साना विषयलाई पनि हामीले कार्यक्रममा प्राथमिकताका साथ प्रसारण गरेका छौं ।

त्यस्तै सुनसरीको चतराधाममा आश्रम बनाएर बसेका आफूलाई धर्मगुरु बताउने कृष्णबहादुर गिरीले आफ्नै आश्रमकी महिलालाई जबरजस्ती करणी गरेका विषयमा हामीले रिपोर्ट प्रस्तुत ग¥यौं। हामीले कृष्णबहादुर गिरीले बोलेका अडियो प्रमाणसहित कार्यक्रममा प्रस्तुत गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । जिल्ला अदालतले तीन लाख धरौटीमा छोडेपनि उच्च अदालतले पूर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

तर, अहिले बाबा भनेर चिनिने कृष्ण गिरी भारतमा लुकेर बसेका छन् । सानै उमेरमा बुबा र आमा छुट्टिएपछि बुबासँग भा’रतको क’श्मिर पुगेकी मेहक बानु आफ्ना दुई सन्तान सहित नेपालमा रहेकी आमाको खोजी गर्दै आएकी थिइन्। काठमाडौं भन्ने मात्रै थाहा पाएकी मेहकले काठमाडौंमा कहाँ जाने ? आमालाई कहाँ खोज्ने ? केहि मेसो नभएको समयमा हामीले उनको कथा प्रस्तुत गरेका थियौं ।

कार्यक्रममा रिपोर्ट प्रसारण भएको भोलिपल्टै आमा र बहिनी मेहक बानुलाई खोज्दै हाम्रो कार्यालयमा आएका थिए । बर्षौंपछि आमा–छोरी भेटिँदाको खुसी वर्णन गरिसक्नु थिएन्। यतिमात्रै होइन, नेपालमा काम गर्दै आएका भारतको बिहारका अमरजितकुमार सिंहको एसबीआई बैंक खाताबाट ५ लाख रुपैयाँ गायब भएको बिषय प्रस्तुत गरेका थियौं । यो विषयमा रिपोर्ट प्रसारण भएसँगै एसबीआई बैंकले उनको पैसा फिर्ता गरेको थियो ।

त्यस्तै हामीले बर्दियामा पप्पु क’न्सट्रक्सनले बनाएको पुल एक बर्ष नुहँदै भाँचिएको मात्रै देखाएनौं, नुवाकोटमा खोला एक तिर र पुल एक तिर बनाउने सांसदको बिषय समेत देखायौं । उता बाँकेमा त बाटो नै नभएको ठाँउमा पुल बनाएको बिषय पनि कार्यक्रममा प्रस्तुत गरेका थियौं । काठमाडौंका अधिकांश निजी फार्मेसीले औषधि विभागबाट बिक्री अनुमति नै नभएका औषधि, गर्भपतन गराउने औ’षधि देखि ला’गू औषध बिक्री गर्ने फार्मेसीहरुको विषयमा रिपोर्टिङ गरेपछि बन्द समेत भएका छन् ।

नेपाल सरकारले ७० ओटा औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी पनि हामीले पटक–पटक हाम्रा दर्शकहरुलाई गरायौं । निःशुल्क पाउने औषधि पनि मेडिकलमा बेच्ने गरेको देखाएपछि यो क्रम रोकिएको थियो। पोखराको महानगरपालिका वडा नम्बर ४ मा २५ फिट लामो ढल निर्माणका लागि २० लाख विनियोजन गरेर उपभोक्ता समिति नै गठन नगरी वडा कार्यालयले ठेकेदारलाई दिएको थियो ।

हामीले रिपोर्टिङ गरेपछि उक्त निर्माण कार्य महानगरपालिकाले रोकिदिएको थियो। पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रण बहादुर थापाको मिलेमत्तोमा दुई तिब्बती नागरिकलाई नागरिकता दिएको सीधाकुराको टोलीले थाहा पाएपछि ४ पटक स्टिङ अप’रेशन गरेको थियो । लगत्तै जिल्ला प्रशासन कार्यालय कास्कीले दुवै तिब्बती नागरिकको नागरिकता खारेज गरिदिएको छ ।

अहिले यसै मुद्दामा वडा अध्यक्षसहित पाँच जना अदालत धाइरहेका छन्। मकवानपुरमा २०७० साल बैशाख ९ गते स्थानीय एक युवतीलाई प्रेम प्रस्ताव अ’स्वीकार गरेको भन्दै ए’सिड आ’क्रमण गरि ६ वर्षदेखि फ’रार भएको विषयमा पीडितको भनाइ राख्दै प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएका थियौं । रिपोर्ट प्रसारण भएपछि भारत महाराजगञ्ज, अमरपूर्वन वडा नम्बर ६ घर भएका दीलिपराज केशरीलाई प्रहरी टोलीले बाराको भलोहीबाट नि’यन्त्रणमा लिन सफल भयो ।

हाल उनी कैद सजाय भुक्तानका लागि कारागार चलान भएका छन् । सर्लाहीका श्याम परदेशी भनेर चिनिने श्याम कृष्ण शाहले सात गाउँका २२० जना भन्दा बढी मानिसहरुलाई एक–दुई लाख रुपैयाँ ऋण दिएर करोडसम्मको कीर्ते कागज बनाउने र सोही कागज को आधारमा ऋण तिर्न दबाब दिने गरेको विषयमा लगातार १२ पटकसम्म फलोअप गरेका थियौं । त्यसपछि श्याम परदेशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ ।

रौतहट चन्द्रपुर नगरपालिकाकी मेलमिलापकर्ता चिना श्रेष्ठ र सोही नगरपालिकाकी नम्रता श्रेष्ठले मिटर ब्याजमा पैसा दिने र खालीचेक लिएर मनलाग्दी रकम भरेर ब्ल्या’कमेल गरेका विषयमा पनि हामीले रिपोर्ट प्रसारण गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।-न्यूज२४

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।