प्रधानमन्त्री ओलीवि,रुद्ध नेकपामा ‘घेराब,न्दी’

काठमाडौं । सरकारप्रति टिका–टिप्पणी जारी रहेका बेला प्रधानमन्त्री केपी ओली पार्टीभित्र पनि घेराब,न्दीमा पर्दै गएका छन् । नेकपाको ‘हाइकमा,ण्ड’ केन्द्रीय सचिवालयमा अ,ल्पमतमा रहेका कारण ओली कुनै निर्णय रोक्ने सा,मथ्र्यमा छैनन् । जसले घेराब,न्दी क्रमशः साँघुरो बनाउँदै लगेको छ । अर्काेतर्फ ओलीले मन्त्रिपरिषदबाट पनि आफ्ना विश्वास पात्र गु,माउँदै गएका छन् ।

अमेरिकासँग भएको एमसीसी सम्झौता अध्ययन गर्न बनाइएको कार्यदलले यथास्थितिमा संसदीय अनुमोदन गर्न नसकिने निश्कर्ष दियो । जसलाई सचिवालयले पनि स्वीकारेको बताइएको छ । जवकी प्रधानमन्त्री ओली एमसीसी तत्काल पारित गर्नुपर्ने पक्षमा थिए ।

सचिवालयमा अ,ल्पमत रहेकै कारण कारण बामदेवलाई अगाडि सारेर आफैमाथि ‘सफ्ट–कु’ गर्ने गरी संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल बन्दा पनि ओलीले सशक्त प्र,तिकार गर्न सकेका छैनन् । सुवास नेम्वाङ र खिमलाल देवकोटाले कार्यदलमा नबस्ने भनेर ओलीलाई तत्कालिन रा,हत त दिएका छन् । तर, सचिवालयले चाहँदा यो निर्णय कार्यान्वयन हुने नै छ ।

दुई अध्यक्षको कार्यविभाजनपछि द,बाबमा पर्न थालेका ओलीका चु,नौतीका दिन सचिवालय सदस्यहरुको भैं,सेपाटी भेलापछि बढेको हो । सरकार सञ्चालमा पार्टीको भूमिका बढाउनु पर्ने केन्द्रीय कमिटीको निश्कर्ष र सभामुख पूर्वमाओवादीलाई दिने निर्णयले थप चे,पुवामा परेका ओली एमसीसी र संविधान संशोधन कार्यदल प्र,करणले नि,रिह बन्न बा,ध्य भए । तर, नेकपाका मध्यमस्तरका नेताको बुझाई भने अलि फरक छ ।

९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन् । पुष्पकमल दाहाल, माधवकुमार नेपाल र वामदेव गौतम एकै कि,त्तामा उभिदा स्वतः अ,ल्पमतमा परेका ओलीका लागि सचिवालयमा जारी च,रम अन्तर सं,घर्षको व्यवस्थापन क,ठिन बन्दै गएको हो । राजनीतिक विश्लेषक भने ओली चे,पुवामा पर्नुको मूल कारण उनी नै रहेको दा,वी गर्छन् ।

मन्त्रिपरिषदबाट विश्वासपात्र गोकुल बाँस्कोटाको ब,हिर्गमन ओलीका लागि अर्को झ,ड्का हो । अझ ओलीको आ,ड विना बाँस्कोटाले त्यति ठूलो ‘बा,र्गेनिङ’ गर्न सक्दैनन् भन्ने दा,वीले मात्रै होइन, अख्तियारमै आफूवि,रुद्ध पनि परेको उ,जुरीले उनलाई थप स,कसमा ध,केलेको छ ।

फागुन २० गतेपछि अर्का विश्वासपात्र डा. युवराज खतिवडा पनि मन्त्रिपरिषद्बाट बाहिरिने निश्चित भयो भने ओलीले थप सं,कटमा पर्ने छन् । सरकारका क,मजोरीबीच पार्टीमा चलाइएको श,क्ति सं,घर्षका कारण ओलीको आगामी यात्रामा ठे,श लागिरहने भने निश्चित छ । न्यूज २४ नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।