ज्ञानेन्द्र शाहीलगायतलाई समेटेर पूर्वडीआईजी रमेश खरेलले नयाँ द,ल खोल्ने
काठमाडौँ । नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ द,ल खोल्ने भएका छन् । भोलि बिहीबार दलको औपचारिक घोषणा गरिनेछ ।
भ्र,ष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने खरेलले बताएका छन्। दल स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन् ।
खरेल संयोजक रहेको अभियानमा देवेन्द्र सिटौला, ज्ञानेन्द्र शाहीलगायत पनि आ,बद्ध छन्। शाही आफूलाई भ्र,ष्टाचार विरोधी अ,भियान्ता भनेर चर्चामा आएका छन् । उनी वि,वादास्पद व्यक्ति पनि हुन् । खरेलको द,लमा पूर्वप्रशासक, पूर्वसुर,क्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि समेटिने बताइएको छ ।


