पूर्वडीआईजी खरेलले भने,- हामीले सुशासनका लागि अभियान च,लाउन लागेका हौं
काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट केही समयअघि रा,जीनामा दिएका रमेश खरेलले सुशासनका लागि अभियान चलाउन लागेको बताएका छन्। आफूले पार्टी खोल्न लागेको नभई अभियानमात्र चलाउन लागेको उनले स्पष्ट पारेका छन्।
राजनीतिक पार्टी खोल्न लाग्नुभएको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रो नेपाल हामी नेपाली अभियान सुरु गर्न लागेका हौं। देशमा सुशासनका लागि अभियान चलाउने योजना हो। यसको औपचारिक घोषणा भोलि गर्छौं।’
तपाईंको अभियान पार्टीमा परिणत हुन्छ कि ? भन्ने प्रश्नमा खरेलले भने, ‘हामीले राजनीतिक दल खोल्न लागेका होइनौं। यो एउटा अभियान हो, लु,ज फोरम जस्तो हो। यस अभियानमा सबै जोडिन सक्नुहुन्छ।’ खरेलले प्रहरीमा वि,भेद भएको भन्दै केही वर्षअघि डीआईजीबाट रा,जीनामा दिएका थिए। सामाजिक कार्यमा स,क्रिय हुन भन्दै उनले अभियान चलाउन लागेका हुन्।


