प्रधानमन्त्रीलाई बाबुरामको चे,तावानी- लोकमान बन्न खोजेको भए भित्तेका,ण्ड सम्झिनुस्
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकमान सिंह प्रवृत्ति देखाएको आ,रोप लगाएका छन् । मंगलबार नेपाल ट्रष्टले आफ्नो नाममा रहेको सम्पत्ति र लिज दिएको अचल सम्पत्तिसहित क–कसको पालामा क–कसलाई भाडामा दिएको विवरण सार्वजनिक गरेपछि डा. भट्टराईले आफ्नो ब,चाउ गरेका हुन् ।
मंगलबार ट्रष्टले जारी गरेको श्वेतपत्रमा २०६९ मा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको जग्गा मोहीको नाममा गर्ने निर्णय ग,लत भएको उल्लेख गरिएको छ । यसको ब,चाउ गर्दै बुधबार बसेको प्रतिनिधि सभा बैठकमा समय लिएर बोलेका उनले जानिबुझी मातातीर्थको करिव १७३ रोपनी जग्गा मोही कायम गरेर वितरण गरेको दा,बी गरे । ट्रष्टकै सचिवको नेतृत्वमा छा,नबिन समिति बनेको र त्यसको प्रतिवेदनका आधारमा निर्णय भएको जानकारी दिँदै उनले मालपोतलेसमेत सबै कार्यविधि पूरा गरेको पाइएको बताए ।

उक्त जग्गाबारे तत्कालीन पुनरावेदन अदालत पाटनले समेत फैसला गरेको बताउँदै डा. भट्टराईले आफू नेतृत्वको सरकारको पालामा भएको निर्णय राजनीतिक, कानुनी र नैतिक रुपमा सही रहेको जि,कीर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यं,ग्य गर्दै उनले भने, ‘ललिता निपवासमा जस्तो कसैले लाभ लिएको पुष्टि हुँदैन । मेरो सरकारको पालामा भएको निर्णय राजनीतिक, कानुनी र नैतिक रुपमा सही छ ।’
तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की प्र,वृत्ति प्रधानमन्त्री ओलीले देखाउन खोजेको भए २०५१ को भित्तेका,ण्ड सझिन भट्टराईले चे,तावनी दिए । यु,द्ध सुरु गर्नुअघि तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएको स्मरण गर्दै डा. भट्टराईले भने, ‘त्यतिबेला उहाँको अ,रिङ्गा,ल सेनाले खु,कु,री हा,नेको अहिले पनि याद छ । त्यसैले लोकमान झै त,र्सा,एर झु,काउँछु भन्ने ठा,न्नु भएको भए त्यो प्रसंग सम्झँदा राम्रो हुन्छ ।’


