सीपी मैनाली चढेको गाडी दु,र्घट,ना
बर्दिबास । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दु,र्घट,ना भएको छ । दु,र्घट,नामा परी महासचिव मैनाली ग,म्भीर घा,इते भएका छन् ।
झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठो,क्किएको हो ।
दु,र्घटना,मा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घा,इते भएका छन् । महासचिव मैनालीको टा,उको र खु,ट्टामा चो,ट लागेको छ । घा,इतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उ,पचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेलले बताए ।


