डा ज्ञवालीको टिमले प्रधानमन्त्री ओलीको मिर्गौला प्र,त्यारोपण गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्र,त्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रा,न्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ ।

प्र,त्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय दिउँसो ३ बजे बस्ने बैठकले लगाउने डाक्टर ज्ञवालीले बताए । प्रधानमन्त्री ओलीको प्र,त्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मिर्गौला प्र,त्यारोपणमा संलग्न थिए । डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ। प्र,त्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राखिन्छ।

१२ वर्षअघि पहिलो प्र,त्यारोपण गराएका प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् । चिकित्सकहरुले दोस्रो प्र,त्यारोपणको विकल्प नभएको सुझाएपछि प्रधानमन्त्रीले दोस्रो पटक प्र,त्यारोपण गर्न लागेका हुन‌् ।

प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मृगौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया समीक्षा झापाकी हुन् । चारआलीकी उनी ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता परेकी हुन् । नेपालको कानुनअनुसार, आफ्ना नातेदार अथवा धर्म छोरा र छोरीबाट मात्रै मिर्गौला दान लिन पाइन्छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।