नेपाल कोरोनाको उच्च जो,खिममा रहेको भन्दै बहराइन जान लागेका ३० जना नेपाली दुबईबाट फि,र्ता पठाइए

काठमाण्डौ । रोजगारीका लागि बहराइन जान लागेका ३० जना नेपालीलाई यूएई सरकारले दुबईबाट फि,र्ता पठाइदिएको छ । नेपालको बहराइनसँग सिधा उडान नभएकाले दुबई हुँदै जान लागेका उनीहरुलाई नेपाल कोरोनाको उच्च जो,खिममा रहेको देश भएको आधारमा फि,र्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उनीहरु नेपाल आइसकेको हुनसक्ने पनि उहाँले बताउनुभयो ।

यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ अर्थात् कोरोना भा,इरसको स,ङ्क्र,मण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान आग्रह गरिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले चीन, जापान, दक्षिण कोरिया, इरान लगायत कोरोना प्रभावित देशमा ट्राभल एडभाइजरी नै जारी गरिएको र अरु देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको जानकारी दिनुभयो । सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।