शुभेच्छुकहरूलाई धन्यवाद दिँदै अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले दिनुभएको सन्देश यस्तो छ (हेर्नुहोस् भिडियो सहित)
ओलीलाई मि,र्गौला दिन समीक्षा पनि अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मि,र्गाैला दिन उनकी भाञ्जी समीक्षा संग्रौला ज्ञवाली अस्पताल पुगेकी छन् । बुधबार प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरिँदैछ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुनुभएको छ । समीक्षा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन का,र्डियोथेरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार अपरान्ह पुगेकी हुन् । ओलीको मृ,गौला प्र,त्यारोपण गर्न भारतबाट चिकित्सक झिकाइएको छ ।
डा.प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मि,र्गाैला प्र,त्यारोपण गरिँदैछ । १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मृगौला दिएकी थिइन् । पहिलेको मृ,गौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृ,गौला प्र,त्यारोपण गर्न लागिएको हो । ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृ,गौला दिन लागेकी हुन् । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ ।
अस्पताल जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको सन्देश
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,
मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको सं,र्घषमा वित्दै आएको छ । कहिले निर,ङ्कुशता वि,रुद्ध लोकतन्त्रको लागि सं,घर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि सं,घर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको सं,घर्ष ।
मुलुकमा व्याप्त यसप्रकारका विविध स,मस्याहरुसंग निरन्तर जु,ध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ । यसै सन्दर्भमा, आज भन्दा झण्डै १२ बर्ष अघि मेरा दुवै मृगौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मृगौला प्र,त्यारोपण गराएको थिएँ । त्यतिबेला हाम्रो देश नेपालमा मृगौला प्र,त्यारोपणको सुविधा थिएन ।
पर्सी फागुन २१ गते बुधवार फेरि मैले मृगौला प्र,त्यारोपण गराउँदैछु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भ,र्ना हुँदैछु ।
विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मृगौला प्र,त्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मृगौला प्र,त्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्र,त्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।
भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग म,जवुत तुल्याउन सकिन्छ । कुनै समय मु,र्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई व्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरु सबैले आफूलाई उभ्याउनु भयो । यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं । जसरी खेलकोबीचमा ‘राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भरखर जा,गृत हुँदै गरेका सपनालाई बीचमा अ,लपत्र पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ ।
म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढु,क्क रहनुहोस् । हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षां पूरा गर्न केही दिनको अस्पताल बसाई र आराम पछि थप उर्जा र आ,त्मविश्वास लिएर म काममा फर्कनेछु । यस बीचमा सरकारका तर्फवाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्ने छन् । विश्वलाई नै पि,रोली रहेको कोरोना भा,इरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने सं,यन्त्र र अन्य व्यवस्था मिलाएको छु ।
मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवस्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता/कार्यकर्ता, सांसदहरू र लाखौं पार्टी सदस्यहरू निरन्तर क्रि,याशील हुनेमा म वि,श्वस्त छु । मेरो शी,घ्र स्वास्थ्यलाभको कामना गर्नु हुने स्वदेश र विदेशका सबै मित्र तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । धन्यवाद ।
१९ फागुन, २०७६ । बालुवाटार


