कोरोनाका कारण करिश्माले होली नमनाउने, होली खर्च भट्टराई परिवारलाई
काठमाडौं, १९ फागुन । नायिका करिश्मा मानन्धरले यसपटक होली नमनाउने भएकी छिन् । कोरोना भा,इरसका कारण उनले यस वर्ष होली नमनाउने भएकी हुन् ।
करिश्माले होलीमा खर्च हुने रकम दि,वंग,त चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष केशवराज भट्टराईको परिवारलाई दिएकी छिन् । उनले एक लाख एक सय एक रुपैयाँको चेक पति बिनोद मानन्धरको उपस्थितिमा दिएकी हुन् ।
करिश्माले यसै वर्ष फेसबुकमा पोष्ट गर्दै कोरोना भा,इरसका कारण सा,वधानी अपनाउन आग्रह गर्दै होली नमनाउने घोषणा गरेकी हुन् । गतवर्ष उनले एसईई परीक्षाका कारण होली मनाउन नपाएको समेत लेखेकी छिन् ।



