कोरोना त्रा,स – उपराष्ट्रपतिको सार्वजनिक कार्यक्रम र प्रदेश १ मा हुने नेकपाको प्रशिक्षण स्थगित

काठमाडौँ, २० फागुन । कोरोना भा,इरस (कोभिड–१९) को सम्भावित ख,तरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै नीजि सचिवालयलाई नि,र्देशन दिनुभएको छ । उहाँको नि,र्देशन र कोभिड–१९को सम्भावित प्र,कोप रो,क्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सरकारले कोभिड–१९ को सम्भावित प्र,कोप न्यूनीकरण र सहज अवस्था सि,र्जना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उहाँ अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी नहुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उपराष्ट्रपतिले कोभिड–१९ को सम्भावित प्र,कोप नि,यन्त्रणसम्बन्धी सरकारको योजनामा स,घाउन अपिल गर्दै नआ,त्तिन र उच्च सा,वधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोडमा हुन लागेको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । कोरोना भा,इरस सं,क्रमणको त्रा,सका कारण पार्टीले कार्यक्रम स्थगित गरेको हो ।

प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको जानकारी दिए । सरकारले सभा सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आ,ह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖