अर्थमन्त्री खतिवडाले आज रा,जिनामा दिने

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा .युवराज खतिवडाले आज रा,जिनामा दिने भएका छन् । राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले उनले रा,जिनामा दिन लागेका हुन् ।

नेकपाको स्थायी समितिले बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरिसकेको छ । य,द्यपी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली उनको पक्षमा उभिएका थिए । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने सिटमा कसैको नाम सिफारिस नगरेपछि राजिनामा दिन खतिवडा बा,ध्य भएका हुन् ।

अर्थमन्त्रीका रुपमा खतिवडा अलो,कप्रिय भए । व्यवसायी मात्र होइन पार्टीकै कार्यकर्ता मात्र उनको कार्यशैलीसँग रु,ष्ट थिए । देशको अर्थतन्त्रलाई पनि कुनै योगदान दिन सकेनन् । राजनीतिक पृष्ठभुमीका व्यक्ति नभएको र जीवनभर जागिरे भएकाले उनले अर्थतन्त्रलाई भिजन दिन नसकेको आ,रोप छ ।

राजश्वका लक्ष्य समेत पुरा गर्न सकेनन् । मध्यमवर्गलाई प्रताडित बनाउने नीतिका कारण पनि उनी अलो,कप्रिय भए । अहिले रा,जिनामा दिएपनि फेरि ६ महिनासम्मलाई पनि अर्थमन्त्री बनाउन सकिने संवैधानिक प्रा,वधान छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।