प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनागर्दै मन्दिरमा विशेष पूजापाठ
काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मि,र्गौला प्र,त्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छि,न्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । नागरिक सञ्जाल सप्तरीको आयोजना तथा पी,ठाधीश महाकान्त ठाकुरको संयोजनमा विशेष पूजापाठ सुरु गरिएको हो ।
नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले श,क्तिपीठका पी,ठाधीश महाकान्त ठाकुरको नेतृत्वमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्र,ज्ज्वलन तथा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा धार्मिक अ,नुष्ठान प्रारम्भ गरिएको बताउनुभयो ।
मन्दिरका पी,ठाधीश ठाकुरले प्रधानमन्त्रीको शी,घ्र स्वास्थ्य लाभ तथा दी,र्घायुको कामनासहित सुरु गरिएको धार्मिक अ,नुष्ठानअन्तर्गत दुई दिनसम्म भजनकीर्तन, अ,ष्टयाम, ह,वनसहित विशेष पूजापाठ गरिने जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘माता छि,न्नमस्ताले प्रधानमन्त्रीलाई रक्षा गर्ने छिन् ।’
प्रधानमन्त्री ओलीको भोली बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्र,त्यारोपण गरिँदैछ । उहा हिजो सोमबार साँझ नै अस्पताल भ,र्ना हुनुभएको छ ।


