अर्थमन्त्री खतिवडाको रा,जीनामा
काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले आज ४ बजे रा,जिनामा दिएका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीलाई उनले रा,जीनामा बुझाएका हुन् ।
मुख्यसचिव रेग्मीले आजै ५ः३० बजे उक्त रा,जीनामा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउनेछन् । खतिवडाको पुनःनियुक्तिको तयारी भइरहेको छ । उनको श,पथग्रहण भोलि बुधबार बेलुकी शितलनिवासमा हुने स्रोतले बताएको छ ।



