प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै सर्वसाधरण सडकमा
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्र,त्यारोपण भईरहेको छ । शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको मिगौला प्र,त्यारोपणको समयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,उद्योग तथा वाणिज्य मन्त्री लेखराज भट्ट, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, पुर्वमन्त्री एवं सांसद महेश बस्नेत, युवा नेता परशुराम बस्नेत, अखिलका अध्यक्ष ऐन महर, प्रधानमन्त्रीका सल्लाहकारहरु, सांसदहरु, दलका नेता कार्यकर्ता लगायत शुभचिन्तकहरूको भी,ड लागेको छ ।
प्रधानमन्त्री ओलीको तस्वीरसहित ‘गेट वेल सून पिएम ओली’ लेखिएका प्लेकार्ड बोकेका शुभचिन्तकहरु अस्पताल परिसरमा ठुलै संख्यामा रहेका छन्। आज बिहान १० बजेदेखी शुरुभएको प्रधानमन्त्री ओलीको श,ल्यक्रि,या सामान्य ढंगले अघि बढिरहेको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले चक्रपथलाई बताउनुभयो ।

अ,परेसन दिउसो चार बजेसम्ममा सकिने र त्यसको डेढघण्टापछि प्रधानमन्त्रीको होस आउने उहाँले बताउनुभयो । अहिलेसम्मको उपचार हेर्दा सोचेभन्दा धेरै राम्रो भइरहेको उहाँले बताउनुभयो ।
श,ल्यक्रि,या जारी रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै त्रिवि शिक्षण अस्पताल परिसरमा मन्त्रीहरु,शुभेच्छुक, राजनीतिक दलका नेता कार्यकर्ता लगायतको उल्लेख्य उपस्थिति रहेको छ ।


