माफ गर्नुहोला – यहाँ मास्क छैन
भक्तपुर । भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्या,मासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औ,षधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झु,ण््याएका छन् ।
औ,षधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा है,रान भएपछि बोर्ड नै टाँ,स्नुपरेको साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापति बताउनुहुन्छ । मास्क हुँदा रु १० सम्म बिक्री गरेको तर एक सातादेखि नआएपछि बिक्री गर्न नपाएको र अहिले १०० भन्दा बढी मानिस मास्क खोज्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।
आरती फर्माका सञ्चालक सुविन श्रेष्ठले दुई सातादेखि मास्क बिक्री गर्न नपाएको बताउनुहुन्छ । “कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन, एक बट्टामा ५० थान मास्क हुन्छ, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो”, उहाँले भन्नुभयो ।

च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठ डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र अन्य औ,षधिको पनि अहिले माग बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी ह्यान्ड सेनिटाइजर, उच्च र,क्तचाप, मधुमेह, कोलस्ट्रोल, द,म, रु,घाखोकी, ज्वरोको औ,षधि लिन आउने ह्वा,त्तै बढेका छन् ।”
उत्पादक कम्पनीले चीनलगायतका देशमा महङ्गोमा मास्क निर्यात तथा र नेपालको बढ्दो मागको आपूर्ति नगर्ने गर्दा बजारमा अहिले मास्क र ह्यान्ड सेनिटाइजरको अभाव चुलिएको बताइएको छ । काठमाडौँको बजारमा मास्क र ह्यान्ड सेनिटाइजरको का लो बजारी रोक्न वाणिज्य विभागले छा,पा मा,रेर का,रवाही गर्न थालेपछि यहाँका व्यापारीले मास्क छैन भन्ने सूचना टाँस गरेर राखेका हुन् ।
यहाँको सि,ङ्गो बजारमा यतिखेर मास्क र ह्यान्ड सेनिटाइजर छैन । सरकारीदेखि निजी अस्पतालसम्म र मेडिकलदेखि क्लिनिकसम्म पुग्दा पनि पाइँदैन । समाचार रिपोर्टिङको क्रममा जिल्लाका शहरी क्षेत्रका छ अस्पताल ४० औ,षधि पसलमा पुग्दा कतै पनि मास्क र ह्यान्ड सेनिटाइजर छैन । सबैबाट स,कियो, छैन भन्ने जवाफ आउने गरेको पाइन्छ ।
जिल्ला अस्पतालमा मास्क र ह्या,न्ड से,निटाइजर लिन आएका भो,लाछेँका रामसुन्दर श्रेष्ठले जिल्लामा कतै पनि ती सामग्री नपाएको बताउनुभयो । बीमाको औ,षधिमा समेत ठूलै लाइन लाग्ने गरेको छ ।
बीमाका औ,षधि चिकित्सकको सिफारिशभन्दा बढी दिन नपाइने भएपछि कतिपय बिरामी र आफन्तले चिकित्सकलाई दुई महिना, तीन महिनाका लागि औ,षधि लेखिदिनुस् न भन्ने गरेको भक्तपुर अस्पतालका चिकित्सकले बताउँछन् । एक सातायता बीमाको औ,षधि लिनेको भी,ड लाग्ने गरेको सो अस्पताल र नेपाल कोरियामैत्री अस्पतालले जानकारी दिएको छ ।
औ,षधि व्यापारी पनि डिलरले औ,षधि कम पठाउन थालेको बताउँछन् । भक्तपुरमा औ,षधि व्यवसाय सञ्चालन गर्दै आउनुभएका रामकुमार थापाले डिलर र उत्पादकले नै औ,षधि कम पठाउन थालेपछि औ,षधिमा समेत का,लोबजारी बढ्न थालेको बताउनुहुन्छ ।
मध्यपुरथिमिमा औ,षधि व्यापार गर्दै आउनुभएका क्लिनिक सञ्चालक राजेन्द्र श्रेष्ठले मिडियाले ह,ल्ला फै,लाएपछि स,मस्या आएको गु,नासो गनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ह,ल्लाको भरमा मान्छे लाग्दा अहिले मूल्य निर्धारण भएर आउने औ,षधिमा समेत का,लोबजारी हुन थालेको छ ।” भारतले औषधि रो,क्यो, औ,षधि अ,भाव हुन्छ समाचार आएपछि माग बढेको उहाँको भनाइ छ ।
जिल्ला अहिलेसम्म बजार अनुगमन नहुँदा केही औषधि व्यापारीले एक÷दुई महिना मात्रै म्याद रहेका औ,षधि र कतिपय म्याद गु,ज्रेका औ,षधि समेत बिक्री गर्न थालेको उपभोक्ता गु,नासो गर्छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि बजार अनुगमन गर्ने बताउनुहुन्छ ।


