२४ घण्टा भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ब,न्द गर्नुपर्छ – कँडेल (भिडियो सहित)

काठमाडौं, २६ फागुन। पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अबको २४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ब,न्द गर्नको लागि सरकारलाई सुझाव दिएका छन् ।

कोरोना भा,ईरसको सं,क्रमण विश्वभरि फै,लिएको र सबै राष्ट्रले आ–आफ्नो पूर्व तयारी गरिसकेकोले नेपालले पनि कोरोना नेपाल भित्रिन नदिनको लागि सबैभन्दा पहिलो काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ब,न्द गर्नुपर्ने रहेको उनले सुझाव दिएका छन् । उनले भने,‘यदि नेपालमा कोरोना भा,ईरस भित्रियो भने यसमा सबैभन्दा ठूलो दो,ष नेपाल सरकारको हुनेछ, त्यसमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको हुनेछ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कँडेलले यस्तो सुझाव दिएका हुन् । सरकार आफ्नो नागरिकप्रति जिम्मेवार भए उसले सबैभन्दा पहिले कोरोनाको सं,क्रमण हुनबाट देश र जनतालाई जो,गाउनुपर्ने पनि उनको तर्क छ । चीनबाट सुरु भएको कोरोनाको म,हामा,री अहिले कति राष्ट्रमा पुग्यो ? भनेर चर्चा तथा परिचर्चा गर्नुभन्दापनि नेपालले आफ्नो पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘हामी कसरी यसको सं,क्रमणबाट जो,गिने भन्नेतर्फ लाग्नुपर्छ । यसको लागि सबैभन्दा ठूलो दा,यित्व र जिम्मेवारी भनेको सरकारको हो ।’

उनले नेपाल सरकारले आफू विश्वकै शक्तिशाली र कोरोना नेपाल भित्रिन दिन्न भनेर नेपाली जनतासामू आ,श्वस्त पार्न सके विमानस्थल सुचारु गर्न सक्ने भएपनि आफूले भने त्यो सम्भावना नदेखेकोले अविलम्ब विमास्थल बन्द गराउन सुझाव दिएको स्पष्ट पारे । उनले भने,‘नेपालमा अहिले कोरोनाबारे सेकेण्ड सेकेण्डमा आईरहेका समाचारले जनता आ,तंकित छन् । कि त सरकारले ती समाचारहरु ब,न्द गराउन सक्नुपर्यो । होईन भने यसरी आफ्ना नागरिकलाई आ,तंक, ड,र, त्रा,स र भ,यमा राख्नुहुँदैन् । सरकारले बेलैमा यसप्रति सोचोस् । समय धेरै नै ढिला भैसकेको छ ।’

उनले कोरोना भाईरस (कोभिड–१९) को सं,क्रमण यो आफैंमा न्याचुरल का,लामिटजजस्तो भएपनि यसबाट जो,गिन र राष्ट्रमा पर्नसक्ने प्रभावबाट ब,च्नको लागि सरकारले आफ्नो तयारी र सचेतना कार्यक्रमको प्रभावकारिता देखाईसक्नुपर्ने थियो भन्ने तर्क गरे । उनले भने,‘अरु देशले त अन्तर्राष्ट्रिय उडान सेवा बन्द नगरेपनि नेपालले चाहीँ गरिसक्नुपर्दथ्यो, तर अहिलेसम्म गरेन् । बरु, अरु देशले विदेशी राष्ट्रसँगको सम्पर्क टुटाएका खबर दिनदिनै आईरहेका छन् । आजमात्रै पनि कतारले नेपाललगायत १४ राष्ट्रलाई प्र,तिब,न्ध गरेको छ । यसबाट नेपालले केही सिक्नुपर्दैन् ?’ उनले आफूले कोरोना नेपाल नआओस भन्ने कामना गरेको सुनाउँदै यदि नेपाल भित्रियो भने त्यसको मुख्य जिम्मेवारी पर्यटमन्त्री योगेश भट्टराईले लिनुपर्ने पनि स्पष्ट पारे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖