प्रधानमन्त्रीको मिर्गाैला प्र,त्यारोपण खर्च कति ?
काठमाडौं । मिर्गाैला प्र,त्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डि,स्चार्ज भएका छन् । यही फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार (फागुन ३०)साँझ डि,स्चार्ज भएर वालुवाटारस्थित सरकारी निवासमा गएका छन् ।
प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्यलाभपछि डि,स्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा प्रेम कृष्ण खड्गाले जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री ओलीको उपचारमा पाँच लाख खर्च भएको छ ।
प्रधानमन्त्रीको उपचारमा उठेको बिल सरकारलाई पठाउने उनले जानकारी दिए । सरकारलाई पठाएको बिलको भुक्तानी कसले गर्छ यसबारे थाहा नभएको अस्पतालका कार्यकारी निर्देशक खड्गाले जानकारी दिए ।
यही फागुन १९ गते अस्पताल भ,र्ना भएका प्रधानमन्त्री ओलीको २१ गते मिर्गाैला प्र,त्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गाैला दिएकी थिइन् । १२ वर्ष अघि प्र,त्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छा,डेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक मिर्गाैला प्र,त्यारोपण गरिएको हो ।



