गाडी किन्न छु,ट्याएको पैसाले रोलर र पानी ट्या,ङ्की किने नगरप्रमुखले

नानीमैया कटवाल, सप्तरी, १ चैत । सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरेको छ । नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको २०७६ असार ३१ गते सम्पन्न नगरसभाले प्रमुखका लागि गाडी खरिद गर्न रु ५० लाख छुट्याएको थियो । सोही रकमबाट ४२ लाखमा रोलर र छ लाखमा पानी हाल्ने ट्याङ्की खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ललनकुमार कर्णले जानकारी दिनुभयो । नगरपालिकामा रहेको स१ज ४९० नम्बरको गाडी प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएको छ ।

नगरप्रमुख र उपप्रमुखका लागि गाडी अभाव भएपछि नगरसभाले नै गाडी खरिद गर्ने निर्णय गरेको थियो । तर, गत मङ्सिरमा बसेको कार्यपालिकाको बैठकले गाडीलाई छुट्याएको बजेट रकमान्तर गरी निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गर्ने निर्णय गरेको नगरउपप्रमुख आशा चौधरीले जानकारी दिनुभयो ।

“नगरको आवश्यक्ताअनुसार उक्त निर्णय गरिएको हो”, नगरप्रमुख शर्माले भन्नुभयो । नगरपालिकाले नगरवासीको आवश्यक्तालाई मध्यनजर गरी एक महिनाभित्र एम्बुलेन्स सञ्चालनमा ल्याउने गरी खरिदको प्रक्रियासमेत अघि बढाएको छ ।

“सामान्य अवस्थाबाहेक अधिकांश बिरामीलाई उपचारका लागि राजविराज, धरान र विराटनगर पु¥याउनुपर्ने हुनाले नगरपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएर नागरिकलाई सुविधा दिन खोजेको हो”, नगरप्रमुख शर्माले भन्नुभयो ।

अधिकांश स्थानीय तहले विकास बजेटबाट सवारीसाधन खरिद गरेर आलोचना खेपिरहेका बेला सप्तकोशी नगरपालिकाले निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गरेर उपयुक्त निर्णय गरेको स्थानीय न्यासुर तामाङले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖