तेलको मूल्य घटाउदै आयल निगम

काठमाडौं, २ चैत्र । नेपाल आयल निगमले आज मध्यरातिबाट लागू हुने गरी तेलको मूल्य घटाउने भएको छ । नियमित समायोजन अन्र्तगत आज मध्यरातिबाट लागू हुनेगरी तेलको मूल्य घटाउन लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा निकै ठूलो गिरावट आएपछि निगमले मूल्य घटाउन लागेको हो । मूल्य घटेर पेट्रोलको मूल्य प्रति लिटर एक सय रुपैयाँभन्दा कम मूल्य रहने बुझिएको छ । यसैगरी डिजेलको मूल्य पनि त्यही अनुपातमा हुनेछ । निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।

यसपटक अन्तर्राष्ट्रिय बजारमा मूल्यमा व्यापक गिरावट आउँदा निगमलाई १५ दिनमै २० करोडभन्दा बढी फाइदा पुगेको छ । अहिलेको मूल्य कायम रहेमा निगमले एकै महिनामा एक अर्बभन्दा बढी नाफा लिनसक्नेछ । तर, अन्तर्राष्ट्रिय बजारमा घटिसक्दा निगमले घटाउन ढिलाई गरेको भन्दै आलोचना हुँदै आएको छ । यसअघि कच्चा तेलको मूल्य प्रति ब्यारल ५० डलरमा हुँदा १५ दिनमै निगमले १८ करोड रुपैयाँ नाफा कमाएको तथ्यांक छ ।

यसैगरी, पेट्रोलको मूल्यमा पछिल्लो पटक पाँच रुपैयाँ अतिरिक्त रुपैयाँ थपिएको छ । अर्थमन्त्री युवराज खतिवडाले कर थपिदा पनि मूल्य बढ्दैन भनी चलाखी गरे । यतिबेला अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको मौका छोपेर पेट्रोल र डिजेलमा प्रति लिटर पाँच रुपैयाँ उपभोक्तालाई बढी रकम तिर्न लगाएर संकलन गरिएको छ ।

बुढिगण्डकीलगायतका जलविद्युत आयोजना निर्माणका लागि भनी यो रकम उठाइएको छ । केही वर्ष अघि बुढीगण्डकीकै लागि भनेर प्रति लिटर एक रुपैयाँ अतिरिक्त रकम लिएर शुरु गरेकोमा बढाएर पाँच रुपैयाँ पुर्याइएको थियो । फेरि बढाएर १० रुपैयाँ बनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।