भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले भने,- नेपालमा कोरोना छैन, उच्च स,तर्कता अपनाएका छौँ
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभा,इरस विरु,द्ध सार्क सहकार्यः भिडियो कन्फरेन्समा मा सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भा,इरस कोभिड १९ को कुनै सं,क्रमण नरहेको बताएका छन् । उनले कोरोना भा,इरसको सं,क्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सा,वधानी अपनाएको पनि जानकारी दिए ।
उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वा,रेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्याप्त सा,वधानी अपनाएको भन्दै सीमा ना,काबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश प्र,तिवन्ध लगाइएको पनि जानकारी गराए ।
कोभिड–१९ को स,ङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सदस्य मुलुकका राष्ट्राध्याक्षरप्रधानमन्त्रीबीच भिडियो कन्फरेन्स बैठक भएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को स,ङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गर्नुभएको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी भएका छन् ।
मिर्गौला प्र,त्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी भिडियो कन्फरेन्स सहभागी भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको यो भिडियो कन्फरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, अफगानिस्तानका राष्ट्रपति अशर्फ घानी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोनी, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्ष, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री डा. जफर मिर्जा र दक्षिण एसियाली सहयोग संगठन सार्कका महासचिव एसाला रुवान विराकुन रहेका छन् ।


