देश विकासको काममा स,क्रि,य बन्दै प्रधानमन्त्री ओली

काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओली पुरानै दिनच,र्यामा फ,र्कनुभएको छ । मिर्गौला प्र,त्यारोपणपछि गत शुक्रवार निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले आइतवार स्टे,न्ट निकालेपछि दुई घण्टा कोरोनाबि,रुद्धको सार्क भिडियो कन्फ्रेन्समा सहभागी हुनुभयो । प्रधानमन्त्री ओली अस्पतालबाट नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटारमा केहीबेर आराम गरी साँझ क,न्फ्रेन्समा सहभागी हुनुभएको हो ।

सो क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि सवैजसो राष्ट्र र सरकार प्रमुखहरुले प्रधानमन्त्री ओलीको शीर्ष स्वास्थ्यलाभको कामना गर्नुभएको थियो भने प्रधानमन्त्री ओली पनि छलफलमा स,क्रि,य रुपमा सहभागी हुनुभयो ।

प्रधानमन्त्री ओलीले अस्पतालबाट निवास फ,र्केलगत्तैबाट नियमित भे,टघाट सुरु गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले शनिवार नै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहित सचिवालयका टीमसँग भेटघा,ट गर्नुभयो । गत फागुन २१ गते दोस्रो पटक मिर्गाैला प्र,त्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली शुक्रवार साँझ निवास फर्कनुभएको हो ।

निवास फर्केपछि उहाँले साँझबाटै कोरोना भा,इरसको बिषयमा चा,सो लिई आवश्यक कदम चाल्न मन्त्री तथा स,म्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले शुक्रवार साँझ नै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितका टीमसँग छलफल गरी कोरोना नि,यन्त्र,णका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार उपप्रम पोखरेलले आइतवार सातै प्रदेशका मुख्यमन्त्रीसहित सरोकारवाला मन्त्रालयका मन्त्री र पदाधिकारीको बैठक गरी कोरोनाबि,रुद्धको स,चेतना अपनाउने निर्णय लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालसँग छु,ट्टाछुट्टै छलफल गर्नुभयो । सो क्रममा दुवै नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

शनिवार साँझ प्रधानमन्त्री ओलीले महासचिव बिष्णु पौडेल, प्रमुख सल्लाहकार बिष्णु रिमाल, बिदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग सामुहिक छलफल गर्नुभएको छ । ‘प्रधानमन्त्री नियमित काममा फर्कने प्रयाशमा हुनुहुन्छ, उहाँ स्वास्थ्यलाभसँगै दैनिक प्रशासनिक काममा पनि स,क्रि,य हुनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।