ट्राफिक प्रहरीमा नमस्कार अभियान शुरु

रोशन दानी, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उ,ल्लङ्घ,न गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान सुरु गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट का,टी सिठ्ठी फु,केर ल,खेट्ने ट्राफिक प्रहरी अब भिन्न भुमिकामा देख्न पाईन्छ । सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उ,ल्लंघ,न गर्ने चालकलाई का,रवाही गर्नुभन्दा पहिले नमस्कार गर्न थालेका छन् । त्यसपछि आवश्यकता अनुसार कानून कार्यान्वयनका लागि का,रवाही गर्ने नत्र सम्झाइ बुझाइ गर्ने गर्न थालेका छन् । ट्राफिक नियम पालनामा सर्तक रही प्रवृत्तिको विकास गर्न पनि उनीहरुको सुझाव हुने गर्छ ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको स,म्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरका हौं’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल भन्नुभयो ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पु,नर्जागरण गर्न सके एकआपसमा श्र,द्धासमेत बढ्नेछ ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उहाँको तर्क छ ।

यसैबीच, महाशाखाले कानुन कार्यान्वयनको कामलाई भने क,डाइका साथ कार्यान्वयन गरिरहेको छ । ‘ग,ल्ती महसुस होस, अब ग,ल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान शुरु गरेका हौँ,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भन्नुभयो, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीवीच एक आपसमा स,द्भाव बढ्नुको साथै चालकलाई स्व– अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।