गाडी कि,न्ने पैसाले एम्बुलेन्स !
गोकर्ण दयाल, बैतडी । स्थानीय तहका जनप्रतिनिधि सुविधाभो,गी बन्दै लाखौं मूल्यका गाडी किन्ने हो,डबाजी चलिरहेका बेला बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्षले गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गर्नुुभएको छ ।
गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरु म,र्कामा परेको देखेपछि गाउँपालिकाले गाडी किन्न विनियोजित गरेको रकमले एम्बुलेन्स किनेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
सर्वसाधारणका लागि गाउँपालिकामा एम्बुलेन्स थिएन । जनप्रतिनिधिलाई किन गाडी चाहियो ? भन्ने लागेपछि एम्बुलेन्स किनेको अध्यक्ष कार्की बताउनुहुन्छ । “गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा सु,त्केरी हुन नसकेका महिलालाई गाउँपालिका बाहिर जाँदा एम्बुलेन्सले निःशुल्क सेवा दिनेछ” अध्यक्ष कार्कीले भन्नुभयो, “सु,त्करी महिलाबाहेक आर्थिक अवस्था कमजोर भएका अन्य बिरामीलाई समेत निःशुल्क सेवा दिने निर्णय गरेका छौं ।”
एम्बुलेन्स किनेपछि दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की र अन्य जनप्रतिनिधिको स्थानीयले प्रशंसा गरेका छन् । गाउँ कार्यपालिकाको बैठकले गाडी र टिप्पर किन्न ८० लाख रुपियाँ बजेट विनियोजित गरे पनि गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिले पहिले सर्वसाधारणलाई सेवा दिने एम्बुलेन्स किन्ने निर्णय अनुसार एम्बुलेन्स किनेको दोगडाकेदार गाउँपालिका–३ का वडा अध्यक्ष चन्द्रदेव जोशीले बताउनुभयो ।
यसअघि पनि छोरी जन्मे भत्ता, टु,हुरा बालबालिकालाई वार्षिक २० हजार पढाई खर्च, दलितलाई निःशुल्क सोलार र ग्यास चुला वितरण, गाउँमै कृषि उद्यम गर्ने युवालाई आर्थिक सहयोगजस्ता नमूना कार्यक्रम ल्याएर चर्चामा रहेको दोगडाकेदार गाउँपालिकाले सर्वसाधारणका लागि एम्बुलेन्स किनेपछि गाउँपालिकाले थप प्रशंसा ब,टुलेको छ ।
एक वडा एक युवा उद्यम सञ्चालन गरेर कुखुरा पालन व्यवसाय गर्न चाहने युवालाई आर्थिक सहयोग गरेपछि दोगडाकेदार गाउँपालिका अण्डा र मासुमा आ,त्मनिर्भर बनेको गाउँपालिकाले जानकारी दिएको छ । अहिले गाउँपालिकाभित्र दैनिक सातसय अण्डा उत्पादन भईरहेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।


