प्रदेश-२ को नाम जानकी अ,स्वीकृ,त
मतदान जारी
धनुषा । प्रदेश २ को नाम जानकी अ,स्वीकृ,त भएको छ । प्रदेशको नाम र राजधानीको लागि प्रदेशसभामा मंगलबार भएको मतदानमा जानकी अ,स्वीकृ,त भएको हो ।
प्रदेशसभामा जानकी, मिथिला भोजपुरा, मध्यमधेस, मधेस नामबारे मतदान भएको थियो । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको थियो । मतदानमा प्रदेशको नाम जानकी राख्ने पक्षमा ३७ मत र विपक्षमा ७० पत परेको छ । प्रदेशको नाम र राजधानीका लागि दुई तिहाई बहुमत चाहिने भएकाले मत नपुगेपछि अ,स्वीकृ,त भएको हो ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसमा सांसदहरुले त्यसलाई अस्वीकृत गरेका हुन् । प्रदेशसभामा समाजवादी पार्टी र राजपाको बहुमत छ । प्रदेशसभामा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाका ३२ , कांग्रेसका १९ तथा संघीय समाजवादी पार्टीका १ गरी १ सय ७ मतदाता छन् ।


