विबाहमा हुने फजुल खर्च घटाएर क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग

काठमाडौं । चितवनमा निर्माणधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दै गरेको अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि देश र विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरिरहेका छन् । अति महत्वकाँक्षी मानिएको यो काम सबैको सहयोगले सम्भव हुन लागेको छ ।

रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन फाउण्डेशनले पनि विभिन्न कार्यक्रम अघि सार्दै आएको छ । कहिले रंगशाला निर्माण स्थलमा ठेला लगाएर सामान बेच्न थालेको छ भने कहिले महायज्ञ लगाएको छ । भ्यु टावरमा भ्रमणका लागि जानेहरुलाई टिकटको ब्यवस्था गरेर पनि आर्थिक संकलन गरेको छ ।

ठूलो योजना भएका कारण ठूलो लगानी आवश्यक पर्ने भएकाले आर्थिक संकलनका लागि योजना बनाउनु परेको हो । स्वदेशमा रहेका नेपालीहरुले आफ्नो छाक छोडेर पनि रंगशालालाई सहयोग गर्ने गरेका छन् ।

भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको धमाधम निर्माण भइरहंदा युवा देखि सरकारले दिएको वृद्धभत्ताले गुजारा गर्नेहरुले पनि सहयोग गरेका छन् ।

हालै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको देख्न सकिन्छ । जसमा बेहुला बेहुलीले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई एउटा चेक हस्तान्तरण गर्दै गरेको देख्निछ । उनीहरु हुन् गैंडाकोट १ प्रतिभाटोल निवासी बस्याल परिवार ।

गुनाखर बस्यालले छोरा प्रकाश वस्यालको विवाहको अवसरमा रंगशाला निर्माणका लागि एक लाख एक हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।विबाहमा हुने फजुल खर्च घटाएर बस्याल दम्पत्तीले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चेक हस्तान्तरण गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।