अन्ततः एसईई परीक्षा स्थगित
काठमाडौँ । सरकारले व्यापक द,बाबपछि एसईई परीक्षा पनि स्थगित गरेको छ। नेकपा सचिवालय समितिको बैठकको आ,ग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो। सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।



