देशभरका सडकको मुहार फेर्ने अभियानमा मन्त्री नेम्बाङ – काँ,चुली फेर्दै काठमाण्डौँका सडक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएपछि वसन्त कुमार नेम्वाङ यतिखेर काठमाडौंलगायत देशभरका मूख्य सडकको मुहार फेर्ने अभियानमा छन्‌। सडकका खा,डल पुर्नेदेखि प्रमुख सडक र राजमार्गमा नयाँ कालाेपत्रे राख्ने काम ध,माध,म भइरहेको छ।

भ,ताभु,ङ्ग र भद्रगोल सडक देख्दादेख्दै पनि लामो समयसम्म मनमग्न रहेका उपत्यकाका महानगरपालिका र नगरपालिकाका कर्मचारी एवम्‌ जनप्रतिनिधिहरूलाई पनि यतिखेर नेम्बाङको कामले जबर्ज,स्ती सडक मर्मतमा तानेजस्तो देखिएको छ। सडक विभागअन्तर्गत पर्ने मूख्य सडक चिल्ला हुने, तर पालिकाको जिम्मेवारीमा रहेका सडक आवागमनयोग्य नै नरहेपछि नगरपालिकाहरू पनि यतिखेर सडक मर्मत र सुधार गर्ने काममा लागेका छन्‌।

काठमाडौं महानगरपालिकाले केही समययता जताततै बाटो पिच गर्ने काम गर्दै आएको छ। सडक विभागले पनि दिउँसोको समयमा आवतजावतमा असर पर्ने भएकाले रातको समयमा काठमाडौंका विभिन्न सडकमा कालोपत्रे (पीच) गर्दै आएको छ। उपत्यकाका विभिन्न पुराना सडकमा अहिले ध,माध,म पीच गर्ने काम भइरहेको छ। सडकमा रहेका खा,ल्डाखुल्डी पनि ध,माधम पुरिँदैछ।

धुम्बराही, सिनामंगल, तिनकुने, भद्रकाली, सोर्ह खुट्टे ठमेलका भित्री गल्लीहरुमा महानगरले ध,माध,म कालोपत्रे गरिरहेको छ। लामो समयसम्म रोकिएको कालोपत्रे गर्ने काम फेरि शुरू हुँदा राजधानीवासीले राहतको महशुस गरिरहेका छन्‌। भौतिकमन्त्री नेम्बाङको पहलमा उपत्यकाका सडकले काँ,चुली फेर्न थालेपछि मानिसहरूले भन्न थालेका छन्‌, ‘एउटा मानिसले असल काम गर्दा कति धेरै परिवर्तन हुँदोरहेछ…’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।