श्रम स्वीकृति रो,किएपछि बैदेशिक रोजगारमा जान नपाएकालाई सरकारले स्वदेशमै रोजगार दिने
काठमाडौं । सरकारले वैदेशिक रोगजारीमा जान नपाएका नेपालीहरुलाई स्वदेशमै रोजगार दिने घोषणा गरेको छ । कोरोना भा,इरसका कारण सरकारले केही समयका लागि बैदेशिक रोजगारमा रो,क लगाएको छ ।
सो निर्णयले बैदेशिक रोजगारमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन सरकारले आ,ह्वान गरेको हो । कोरोना भा,इरसको सं,क्रमण विश्वभर फै,लिएपछि सरकारले श्रम स्वीकृति दिन स्थ,गित गरेको छ । यसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरु रो,किएका छन । सोही मु,द्दालाई सम्बोधन गर्दै सरकारले यस्तो आ,ह्वान गरेको हो ।
सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी औपचारिक रुपमा आग्रह गर्नुभयो ।

‘बैदेशिक रोजगारलाई अहिले तत्कालका लागि हामीले रो,क्यौं, फ,र्किने कुरामा पनि खास खासमुलुकमा रो,क्नु परेको छ । तर यसो गरिरहँदा बैदेशिक रोजगारीमा जान नपाएका नागरिकहरु स्वदेशमै रोजगारमा रहन चाहनु हुन्छ भने श्रम मन्त्रालयमा आव,द्ध भएर प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आग्रह गर्दछु ।
तर म सानो काम गर्दिन, टेबल वर्क मात्र गर्छु भनिदिनु भएन,’सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री खतिवडाले भन्नुभयो ।


