प्रहरीका असई नै हिरा लु,टेरा – पत्रकारसहित ४ जना प,क्राउ
देवराज पन्त, मकवानपुर, १० चैत । मकवानपुर प्रहरीले बहुमूल्य धातु हिरा खरीद गर्ने बहानामा गएका ४ जनालाई प,क्राउ गरेको छ ।
प,क्राउ पर्नेमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी जवान र १ जना पत्रकार रहेका छन् । लु,टपाटमा संलग्नहरुलाई आज हेटौंडामा पत्रकार सम्मेलन मार्फत मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–५ की ७० बर्षीया धनलक्ष्मी गुरुङ्गको साथमा रहेको हिरा लु,टेर भागेका उनीहरुलाई प्रहरीले प,क्राऊ गरेको हो । गुरुङ्गका दिवंगत पतिले विदेशमा रहँदा कमाएको खरीदबिल सहितको सो हिरा ३ करोड रुपैयामा खरीद गर्न व्यापारीको भेषमा उनीहरु गएको बताईएको छ ।
घरायसी काम र ऋण तिर्नका लागि आवश्यक रकम जोहो गर्न पतिले दिएको हिरा बिक्री गर्न लागेको र सो थाहा पाएपछि उनीहरु खरीद गर्न गएको बताइएको छ ।

खरीद गर्न गएका उनीहरुले मोलतोल गरेर हिरा हातमा लिएपछि पे,स्तोल देखाई ध,म्क्याएर लुटेर फ,रार भएको प्रहरीले जनाएको छ । हिरा लु,टेपछि गुरुङ्गका आफन्तले इलाका प्रहरी कार्यालय पालुङ्गमा खबर गरेका थिए ।
खबर प्राप्त गरेपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास कुमार तामाङ्गको प्रहरी टोलीले प्रदेश ३–०१–०१–००२२ च ३३६२ नम्बरको कारसहित सुर्खेत वीरेन्द्रनगर वडा नम्बर–१२ घर भएका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बस्याल, जाजरकोट शिवालय गाउँपालिका वडा नम्बर–२ घर भएका प्रहरी जवान वीरबहादुर बस्नेत, दाङ्ग सिजुवा गाउँपालिका वडा नम्बर– १ घर भएका प्रहरी जवान हिमाकान्त पुन मगर र ललितपुर भैसेपाटी बस्ने आफुलाई पत्रकार बताउने सुजन आचार्यलाई थाहानगरपालिका–३ बाट प,क्राउ गरेको थियो ।
प,क्राऊ परेका प्रहरीहरु सादा पोशाकमा काठमाडौं उपत्यकामा ख,टिनेहरु रहेको जनाइएको छ । उनीहरुको साथबाट हिराको डल्लो १ थान, वाकीटकी ४ थान, मेटल डिटेक्टर २ थान, पेस्तोल १ थान, गोली ७ राउण्ड, मोबाईलफोन ७ थान, ल्यापटप १ थान, क्यानोन क्यामेरा १ थान बरामद गरेको थियो ।
प,क्राउ परेका उपरडाँका कसूरमा १४ बर्षसम्म कै,द र १ लाख ४० हजार रुपैयाँसम्म जरिवाना हुने मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले जानकारी दिएका छन् । न्यूज २४ नेपालबाट


