चितवनको कोरोना विषेश अस्पतालमा एक युवककाे मृ,त्यु

केदार शर्मा, चितवन, ११ चैत । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृ,त्यु भएको छ ।

उच्च ज्वरो र रु,घाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० वर्षीय युवकको उपचारकाे कर्ममा मंगलबार बिहान ७ बजे मृ,त्यु भएको काेराेना अस्पतालका प्रवक्ता भाेजराज अधिकारीले जानकारी दिनुभयाे ।

अधिकारीका अनुसार उक्त बिरामी बिगत एक वर्ष देखि किड्नीकाे बिरामी थिए पछिल्लाे समय उच्च ज्वरो आएपछि अस्पताल भ,र्ना भएका थिए । अहिले उनको श,व अस्पतालमै राखिएको छ ।

कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृ,त्युको कारण खुल्न सकेको छैन । उनलाई कोरोना भएको आ,शंकामा आइसोलेसनमा राखिएको थियो । तर कोरोना सं,क्रमण भए-नभएको भने रिपोर्ट आउन बाँकी छ ।

उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।