सामान सकिए ११३७ मा फोन गर्नुहोस्, तुरुन्तै सामान लिएर घरमै आउँछ सरकारी गाडी

काठमाडौं । चीनबाट फैलिन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका धेरै देशमा फै,लिसकेको छ । विश्वभर कोरोनाभाइरसका कारण २० हजार मानिसको मृ,त्यु भइसकेको छ । नेपालमा पनि बुधवार थप एक जनामा कोरोनाको सं,क्रमण देखिएको छ । सोमबार बेलायतबाट आएकी एक युवतीमा कोरोनाको सं,क्रमण देखिएपछि मंगलबारदेखि देशभर लकडाउन गरिएको छ ।

नेपाल सरकार कोरोनाको रो,कथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाइरहेको छ । आज लकडाउन भएको दोस्रो दिन देशभर नै सुनसान बनेको छ । यसैक्रममा सरकारले लकडाउनको समयमा घर घरमा सामान उपलब्ध गराउने तयारी गरेको छ । यदि घरमा सामान सकिएमा सरकारले मन्त्रालयको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।

यदि घरमा खाद्यान्नको अभाव भएमा ११३७ मा फोन गरेर सामान माग गर्न सकिने जनाइएको छ । घरमा अत्यावश्यक वस्तु आवस्यक परेमा ११३७ मा फोन गरेमा तुरुन्तै सरकारी टोली त्यहाँ पुग्छ । यसको लागी सरकारले तयारी गरिरहेको जनाइएको छ । यदि काठमाडौँ उपत्यकामा आवश्यक वस्तु पुर्याउनु परेमा करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।