प्रधानमन्त्री ओली डिस्चार्ज
काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको छ ।
उहाँ अस्पतालबाट आज डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँ बिहीवार राती ११:३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना हुनु भएको थियो ।
करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ । उहाँको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यसबारेमा जानकारी दिँदै थापाले फेशबुक पेजमा लेखेअनुसार- “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मनमोहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको छ । उहाँ डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँ बिहीबार राती ११:३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना गरिनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ । उहाँको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीज्यूको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा धन्यवाद ज्ञापन गरिन्छ ।”



