लकडाउनको कारण समस्यामा परेकालाई खाद्यान्न व्यवस्था गर्न सरकारको निर्देशन
कोरोना रोकथामबारे उपप्रधानमन्त्री पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडियो कन्फरेन्स
काठमाडौं । सरकारले लकडाउनको कारण समस्यामा परेकोलाई खाद्यान्नको उचित व्यवस्थापन गर्न सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ । कोरोना भाइरस सं,क्रमणप्रति सतर्कता अपनाउन मुलुकभर ४ दिनदेखि लकडाउन भइरहेको छ । ल,कडाउनको कारण ज्याला मजदुरी गरेर दैनिकी गु,जार्नेहरु समस्यामा पर्न थालेका छन् ।
ज्याला मजदुरीबाट जीवन गु,जार्नेहरुलाई मध्यनजर गर्दै उनीहरुलाई खाद्यान्न व्यवस्था गर्न स्थनीय तहलाई निर्देशन दिइएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताउनुभएको छ । ‘ज्याला मजदुरीबाट जीवन गु,जार्नेहरुलाई समस्या पारिने छैन’ शुक्रबार कोभिड १९ रो,कथाम, नि,यन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको बैठकपछि उहाँले सञ्चारकर्मीसँग भन्नुभयो ।

त्यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सम्बन्धमा संघीय सरकारले प्रदेश सरकारसँग छलफल गरेको छ । आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट भिडियो कन्फेरेन्स गर्नुभएको हो ।
छलफलमा उच्चस्तरीय समन्वय समितिको निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराइएको थियो । छलफलमा मन्त्री पोखरेलले समितिले गरेका निर्णयको कार्यान्वयनको अवस्थाबारेसमत जानकारी लिनुभएको थियो । उच्चस्तरीय समन्वय समितिको निर्णय, नीति तथा कार्यक्रमका बारेमा माननीय मुख्यमन्त्रीलाई जानकारी समेत गराइएको थियो ।


