लकडाउन अतित सम्झिने माध्यम – सामाजिक सञ्जालमा पुराना फोटो, कमेन्टहरु पनि निक्कै रमाइला
पुर्व मन्त्री, सांसद, आम नागरिकले २५ बर्ष पुराना तस्विर समेत पोष्ट गरिरहेका छन्
काठमाडौं । विश्वव्यापी महामा,रीका रुपमा फै,लिएको कोरोना भा,इरसको सं,क्रमण नेपालमा न,फैलियोस भन्नका लागि सरकारले मंगलबारदेखि एक हप्ता देशैभर ल,कडाउन घोषणा गरेपछि आम मानिस यतिबेला आफ्नो घरभित्रै बसेका छन् । नागरिकलाई हिँडडुलमा प्र,तिबन्ध लगाइएको छ ।
जहाँ मानिसहरुको हिँडडुँल र भेटघा,ट हुँदैन त्यहा कोरोना संक्रमण हुदैन भनेर मानिसहरु आफै सजग भएका छन् । लकडाउनको पाँचौ दिन आजसम्म कोरोनाको सं,क्रमण पाँच जनामा देखिएको छ । आम नागरिकहरु लकडाउनमा रहेकाले सं,क्रमितहरुको संख्यापनि न्युन देखिएको हो । जति संक्रमित देखिएका छन् उनीहरुले विदेशबाटै सं,क्रमण ल्याएको देखिएको छ ।
सरकारले आम मानिसलाई घरभित्रै बस्न भनेपछि यतिबेला उनीहरु फुर्सदिला बनेका छन् । जसले गर्दा सामाजिक सञ्जालमा पुराना तस्बिर पोष्टको होडबाजी देखिएको छ, भने केही टिकटकमा व्यस्त छन् । सधैको व्यस्तता, भा,गदौडले कसैले कसैको वास्ता गर्ने समय थिएन । लकडाउनले घरबाहिर मानिसहरु आउन नपाएपछि यतिबेला सामाजिक सञ्जालमा रमाउन थालेका छन् ।
कतिले सामाजिक सञ्जालमा पोष्ट भएका पुराना तस्विर त कसैले आफनो युवा अवस्थाका एल्बममा रहेका तस्विरहरु खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेर रमाइलो गरिरहेका छन् । लकडाउनले मानिसहरुलाई आफनो अतित सम्झाइदिएको छ । अतित् खोल्ने र सेयर गर्ने अवसरका रुपमा पनि लडकडाउनले फुर्सद दिएको छ । पुर्व मन्त्री, सांसद, आम नागरिकले २५ बर्ष पुराना तस्विर पोष्ट गरिरहेका छन् ।
त्यस समयको हिन्दी फिल्मका हिरो जस्तो, पातलो जिउँडाल, चुच्चो बेलि स्टाइलको पेन्ट, खिनौटे ज्यान भएका तस्विरहरु भाइरल बनिरहँदा तल कमेन्ट पनि त्यस्तै रमाइलो बर्षात भएको देखिन्छ । साथीभाइ, आफन्तका पुराना फोटाहरुमा आएका कमेन्टपनि एकैखालका कपि पेष्ट भएजस्तो देखिन्छन् । तर ति कमेन्टहरु निक्कै रमाइला छन् । जस्तो उदाहरणका लागि,
१. कुमार जि आज्ञा गर्नु हुन्छ हे आगस्थे मुनी एस्तो फोटो को बयान गर्न तीन लोक तेर भुवन का तेतिस कोटी देवता नन्दी बृङी चौसटी योगिनी बार मुख भएका सेस नाग ले त कहाँ सक्क्लान र अमरआपुरी का अप्सराहरु पनि मन्त्र मुग्ध भएर नागिन चाल सगै तपाईं को दर्शन गर्न धर्ती लोकमा झर्न तयार भएका छन । इन्द्र तपाईलाई किड्न्याप गर्न धर्ती झर्ने खबर आएको छ रे उनि स्वएम डि एस ल आर क्यामेरा किन्न काठमाडौं झर्दै छन ।
२. लियोनाद्रो दा भिन्चीले बनायेको मोनालिसाको तस्बिर पनि फिक्का लाग्छ यो तस्बिर हेरेर। अब छिट्तै भियेनाको सङ्रालयमा यो तस्बिर राख्ने तयारी हुँदै छ। लिलाम बडाबडको लागि टोलि नेपाल आउने सुचना प्राप्त भाको छ।
३. कति राम्रो फोटो यताबाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो,, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो, सुतेर हेर्दा नि राम्रो ,बसेर हेर्दा नि राम्रो , सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो बयान गर्ने सक्दिन म, आहा कति राम्रो फोटो ।
४. २०७२ बैसाख १२ गते को भुकम्प पछि फेरि आज तपाईं को यो तस्वीरले नेपाल हल्लाएको छ । निकै उत्कृष्ट तस्बिर हेर्ने मौका दिनुभयो। म हजुर प्रती अभारी छु। हजुर को जय होस ।
यस्तै यस्तै लामो लामो कमेन्ट गरेर समय कटाउन थालेका छन् । झट्ट हेर्दा कमेन्टहरु पनि हेरिरहुँजस्तो सवैलाई त्यो फुर्सद मिलेको छ । यो हेर्दा कमेन्टमा पनि नयाँ शैलीको विकास भएको देखिन्छ । पुराना तस्विर पोष्ट गदैं आफनो अतित देखाउन सामाजिक सञ्जालमा होडबाजी चलेको छ जुन समय कटाउने माध्यम पनि बनेको छ ।


