नेपालमा कोरोना भाइरस सं,क्रमितको संख्या ५ पुग्यो
काठमाडौं, १५ चैत । नेपालमा कारोना भाइरस (कोभिड १९) सं,क्रमित अर्को व्यक्ति पनि फेला परेका छन् । योसंगै नेपालमा कोरोना भाइरस सं,क्रमितको संख्या ५ पुगेको छ ।
बागलुङकी एक २२ वर्षीया युवतीमा कोरोना भाइरस सं,क्रमणको पुष्टि भएको हो । कोरोना भाइरस सं,क्रमित युरोपेली मुलुक बेल्जियमबाट नेपाल फर्किएकी ती युवतीमा भाइरस सं,क्रमित भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनु भएको छ ।
सं,क्रमित युवती चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी हुन् । जुन विमानबाट कोरोना भाइरस सं,क्रमित १९ बर्षीया युवती पनि फ्रान्सबाट नेपाल फर्किएकी थिइन । कतार एयरवेजको उक्त विमानमा सवार १५८ यात्रुको खोजी थालिएपछि बागलुङकी किशोरीमा भाइरस सं,क्रमित भएको फेला परेको हो ।
अहिले उनी बागलुङ नगरपालिकास्थित घरमा नै रहेकी छिन् । उनलाई सुरक्षितरुपमा काठमाडौं ल्याउने तयारी भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म भेटिएका पाँच संक्रमित मध्ये एक निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।


