कोरोना सं,क्रमण रोक्न प्रदेश १ विभिन्न समिति गठन

विराटनगर । प्रदेश १ मा कोरोनाभाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थपप्रभावकारी बनाउन विभिन्न समितिहरू गठन भएका छन् । शनिबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीयतह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समिति गठन भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिबहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवम् प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ । गठन भएका समितिहरूमा सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन् । बैठकले कोरोना विरु,द्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधाप्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशसभाका सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने निर्णय गरेको छ । यसैबीच मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा शनिबारै बसेको प्रदेश १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरूलाई १ करोड ६८ लाख रकमउपलब्ध गराउने निर्णय समेत गरेको छ ।

कोष सञ्चालकक समितिको बैठकले नेपाली सेनालाई क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरूलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पु¥याउने जिम्मेवारी तोकेको छ । त्यस्तै नेपाल र प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाइन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरूको सुरक्षा र लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।