लकडाउनको समय थप्ने सरकारको तयारी

काठमाण्डौं । सरकारले अति विपन्न परिवारका लागि आर्थिक प्याकेज पनि ल्याउने भएको छ । कोरोना भाइरसको सं,क्रमणका कारण लागू गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सरकारले सहयोग प्याकेज घोषणा गर्न लागेको हो ।

आज बस्ने मन्त्रीपरिषद बैठकबाट यसलाई अन्तिम रुप दिने तयारी छ । सरकारले ल्याउन लागेको आर्थिक प्याकेजमा विषयमा हिजो प्रधानमन्त्री केपी ओली र कोभिड १९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलविच पनि छलफल भएको थियो ।

त्यस्तै सरकारले एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने भएको छ । उच्चस्तरीय समन्वय समितिको बैठकले चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि घोषणा गरेको लकडाउनको समय बढाउने तयारी गरेको हो ।

छिमेकी भारतले तीन साता लामो लकडाउन गरेकाले नेपालमा पनि समय लम्ब्याउने तयारी छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने तयारी गरिएको हो । लकडाउनको अवधि थपिने भएकाले सोही अनुसारको तयारी अघि बढाउन समेत गृह मन्त्रालयले सबै जिल्लालाई यसअघि नै निर्देशन दिइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।