भक्तपुरमा बिना मास्क हु,लमुलमा किनमेल गर्नेहरुको जताततै भी,ड
रामगोपाल तमखु, भक्तपुर, १६ चैत । भक्तपुर नगर क्षेत्र भित्र साँझ विहान खुल्ला तरकारी तथा फलफूल किनमेल गर्नेको भी,ड लाग्ने गरेको छ । बिना मास्क भीडभाडमा किनमेल गरिरहेका भेटिन्छन् ।
प्रहरी, नगरपालिकाका कर्मचारीहरुले निरन्तर सम्झाई रहे पनि कसैले वा,स्ता गर्ने नगरेकोले कोरोना भाइरसको जोखिम भक्तपुरमा बढ्दो छ । कोरोना भा,इरस (कोभिड १९) को सं,क्रमण नि,यन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको छ । नगरपालिकाले किनमेलको लागि बिहान ५ बजे देखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकेको छ ।
लकडाउनको अवस्थामा एक आपस कम्तिमा ३ फिटको दूरी कायम गर्नु भनेर बिभिन्न माध्यमबाट र नगरपालिकाहरुले माईकिङ गर्दै गरेको छ । स्थानीय जनताको सहजताका लागि नगरपालिकले तीन दिन अगाडि किनमेल गर्दा ३ फिटको दूरीमा बस्ने ब्यवस्था मिलाएको थियो । त्यसलाई पनि बेवास्ता गरी भक्तपुरका तरकारी तथा फलफूल ब्यापारीहरुले ब्यापार गरिरहेको छ भने उपभोक्तहरु पनि बुझेर वा नबुझेर हो भी,डभाडमा मिसिएर नै किनमेल गरिरहेका छन् ।
प्रहरी र नगरपालिकाका कर्मचारीहरुले सम्झाउदै गर्दा पनि उपभोक्तहरु सुनेर पनि नसुने झै गरी किनमेल गरिरहेका छन् । ब्यापारीहरुले साँघुरो बाटोमा समेत पसल थापेर बसेकाले सो स्थानका बासिन्दा मानिसको हु,ल देखेर त्र,सित बन्ने गरेका छन् भने पसल नराख्न समेत बारम्बार अनुरोध गर्दै आइरहेका छन् ।
यता सूर्यबिनायक चोक भने तरकारी पसल भन्दा साइकलमा फलफूल बेच्नेले गर्दा स्थानीयहरु त्रसित बनेका छन् । फलफूल विक्रेताहरुले गर्दा बजारमा धेरै हुल भएको गुनासो गर्दै स्थानीयवासीले उनीहरुलाई हटाउन समेत माग गरेका छन् । जिल्ला प्रशासन, प्रहरी, नगरपालिकाले ल,कडाउन पालना गर्न चोक, गल्ली, बजारमा माइकिङ गरेर अनुरोध गरिरहेका छन् । तर भक्तपुरवासीहरु भने बेवास्ता गर्दै आइरहेका छन् ।
भक्तपुर नगर भित्र बंशगोपाल, नासमना, गःहिटी, तःमारी, सुकुलढोका, गोमारी, तचपाल च्याम्हासींह, कमल बिनायक, सूर्यबिनायक, सल्लाघारी लगायतका ठाउँमा तरकारी बजार रहेका छन् तर पनि तःमारी चोकमा मान्छेको भी,ड लाग्न छोडेको छैन् । यस्तो महामा,रीको समयमा नागरिकहरुले आफ्नो स्वास्थ्यलाई ख्याल गरि आफ्नो नजिक बजारमा गएर किनमेल गरे राम्रो हुने सुझाव पनि स्थानीय प्रशासनको छ ।


