१४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । कोरोना रोकथाम तथा नि,यन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको समय ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे नेतृत्वमा आइतबार बसेको समितिको बैठकले सो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ। कोरोना सं,क्रमणको जो,खिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिनेछ । सरकारले कोरोना भा,इरसको जोखिम न्यूनीकरणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि पर्सि चैत १८ गते बिहान ६ बजे सकिँदैछ । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

कोरोना भाइरसको सं,क्रमणबाट विश्वभर मृ,त्यु हुनेको संख्या ३० हजार ८ सय ७४ पुगेको छ । हालसम्म कोरोना भा,इरसबाट विश्वभर ६ लाख ६३ हजार ७ सय ४० जना सं,क्रमित भइसकेको वर्ड मिटरको तथ्यांक छ । आइतबार बिहानसम्ममा इटलीमा १० हजार २३ जनाको मृ,त्यु भइसकेको छ । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृ,त्यु इटलीमा भएको छ ।

अमेरिकामा कोरोना सं,क्रमित एक लाख २३ हजार बढी पुगेका छन् भने हालसम्म दुई हजार २२२ जनाको मृत्यु भइसकेको छ । स्पेनमा ५ हजार बढीको मृ,त्यु भइसकेको छ भने फ्रान्स र इरानमा पनि मृ,त्यु हुनेको संख्या दुई हजार ना,घेको देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।