लकडाउन चैत्र २५ गतेसम्म थपियो

काठमाडौं । सरकारले लकडाउन चैत्र २५ गतेसम्म थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन ७ देखि बढीमा १४ दिनसम्म थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

सरकारले कोरोना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणका लागि चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणको लकडाउन चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । पहिलो चरणको अवधि नसकिँदै लकडाउन नसकिने निर्णय गरेको हो ।

कोरोना सं,क्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको सं,क्रमण देखिइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।