कोरोनाको आ,शंकामा आइशोलेशनमा राखिएका युवकको मृ,त्यु
ललितपुर, १७ चैत्र । कोरोना भाइरस सं,क्रमणको आ,शंकामा सोमबार पाटन अस्पताल भर्ना गरिएका युवकको मृ,त्यु भएको छ । धादिङ खनियाँ गाउँपालिका ४ का ३५ वर्षीय युवक ज्वरो आएपछि आकस्मिक रुपमा पाटन अस्पताल ल्याइएका थिए ।
पाटन अस्पतालमा भर्ना गरी कोरोना सं,क्रमणको आ,शंकामा स्वाब संकलन गरी राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको रिपोर्ट साँझ आउने बुझिएको छ । युवक १४ चैत्रमा भारतबाट घर फर्किएका थिए । उनी घरमै बसिरहेका थिए । तर, अचानक ज्वरो आएपछि आकस्मिक रुपमा धादिङबाट अस्पताल ल्याइएको थियो ।
महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले युवकको मृ,त्यु भएको पुष्टि गरिन् । उनले भनिन्, ‘उहाँको नि,धन भएको छ तर कोरोना हो होइन रिपोर्ट आउन बाँकी छ ।’ साँझ रिपोर्ट आएपछि मात्र जानकारी हुने उनको भनाई छ ।
नेपालमा पाँच जना सं,क्रमित भेटिएपनि अहिलेसम्म कोरोना सं,क्रमणबाट कसैको पनि मृ,त्यु भएको छैन । सं,क्रमित गत हप्ता चारजना बढेपनि यो हप्ता कसैलाई पनि सं,क्रमण भएको पत्ता लागेको छैन ।


