हुँदा-खानेको राहतमा हुने-खानेले दाबी गरेपछि

बालबिक्रम कार्की, रौतहट, १८ चैत । नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९)को जोखिम फै,लन नदिन गरेको लकडाउन आज आठौँ दिनसम्म आइपुग्दा विहान कमाएर साँझ खाने समुदायका मानिसहरुको घरमा चुल्हो ब,ल्न पनि समस्या परेको छ ।

हुँदाखाने यस्ता समुदायका मानिसहरु आफूहरु रोगले भन्दा अगाडि भोकले म,र्नुपर्ने अवस्था आइरहेको गु,नासो गरिरहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहहरुले त्यस्ता परिवारको पहिचान गर्दै खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुहरु राहत स्वरुप वितरण गर्दै आइरहेका छन् ।

जिल्लाका गौर, मौलापुर, गढीमाइ लगायतका स्थानीय तहहरुले वितरण अभियानको सुरुवात गरिसकेको छन् । जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकाले पनि त्यस्ता खाले परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण सुरु गर्ने तयारी गरिरहेको छ ।

नगरपालिकाले पहिलो चरणमा १० लाख रुपैयाँका दरले नगरपालिकाका १० वटै वडामा राहत वितरणको लागि भनेर छुट्टाएको छ । सो राहतमा प्रतिव्यक्तिका दरले चामल, दाल, आलु, नुन, तेल र तरकारी वितरण गर्ने नगरपालिकाको योजना रहेको छ ।

नगरपालिकाले वडाहरुलाई अति विपन्न, दैनिक ज्यालादारी गर्नेहरु, गरीब परिवारको लागत संकलन गर्दै यथासक्य चाँडो राहतवितरण गर्न निर्देशन पनि दिइसकेको छ ।

तर राहत विरतणको लागि पारिवारिक लगत सं,कलन गर्ने कामनै यहाँका वडाध्यक्षहरुको लागि टाउको दुखाई बनेको छ । कारण नगरपालिकाले हुँदाखानेहरुको लागि वितरण गर्न लागेको राहत सामाग्रीमा हुनेखानेहरुको दाबी ।

उनीहरुले राज्यको पैसाबाट राहत बाँ,डिने भएकाले आफुहरुले पनि पाउनुपर्छ भन्दै लागत संकलन गर्न आउनेहरुलाई आफ्नो परिवारको नाम टिपाउने गरेको पाइएको छ । तत्कालको अवस्थामा खानलाई कुनै समस्या नभएका परिवारहरुले पनि जवरजस्ती राहत पाउनको लागि नाम दर्ता गरेको गुनासो चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष संजय काफ्लेले गर्नुभयो ।

‘राज्यले वितरण गर्ने राहत हामीले किन नपाउने भन्दै सम्पन्न परिवारका मान्छेहरु पनि अगाडि आएका छन्’ वडाध्यक्ष काफ्ले गुनासो गर्नुहुन्छ, ‘ तीनतल्ले घरको मालिक, सरकारी जागिरे, राम्रो आम्दानी भएकाहरु समेतले राहतमा दावी गरेका छन् । अझ कतिले आज राहत नदिए अर्को चुनावमा देखाइ दिने धम्की पनि दिएका छन् ।’

यस्तो प्रवृतिबाट आजित भएका वडाध्यक्ष काफ्ले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रवृतिप्रति गुनासो गर्नु भएको छ । यता चन्द्रपुर २ का वडाध्यक्ष दुत्तबहादुर थिङ्गको पनि उस्तै गुनासो छ । नगरपालिकाले वितरण गर्नलागेको राहतमा सबैले दावी गरेपछि वितरण असहज भएको उहाँको भनाइ छ । उहाँले राज्यले सित्तैमादिएको राहत हामीले किन नपाउने भन्दै ठूलो संख्यामा सम्पन्न परिवारका मानिसहरु पनि राहतमा दाबी गर्दै आएपछि कसलाई दिने नदिने भन्ने असमञ्जसमा परेको बताउनुभयो ।

चन्द्रपुर ३ वडाअध्यक्ष वोधनाथ देवकोटाले यस्तै समस्या आएपछि आफैले निश्चित मापदण्ड बनाएर त्यहीँ अनुसार वितरण गर्न लागेको जानकारी दिनुभयो । उहाँले सबैजना राहत पाउनुपर्छ भन्दै आएपछि आफुले राहत पाउनेहरुको मापदण्ड तयार पारेको र सो मापदण्डभित्र पर्नेलाई मात्र राहतवितरण गर्ने तयारी गरिरहेको बताउनुभयो ।

चन्द्रपुर ६ का वडाअध्यक्ष खड्ग कुश्वारको पनि पीडा यस्तै रहेको छ । उहाँले आफू राहत वितरणको लागत संकलन टोलटोल पुग्दा स्थानीय सम्पन्न परिवारका सदस्यहरुले घेरेर जसरी हुन्छ आफूहरुलाई पनि दिन दबाब दिएको बताउनुहुन्छ ।

नगरपालिकाले विपन्न परिवारको लागि वितरण गर्न लागेको राहतमा केही सम्पन्न परिवारले पनि दा,वी गर्नु गलत रहेको स्थानीय युवा पञ्चरत्न शाक्यको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।