महामा,रीको मौका छोपी भ्र,ष्टाचार गर्ने ज,घन्य अ,पराधी हुन्, क,डा का,रबाही हुनुपर्छ – सुजाता कोइराला

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देशमा महामा,रीको मौका छोपेर स्वास्थ्य समाग्री खरिदमा भ्र,ष्टाचार भएको भन्दै दो,षीमाथि क,डा कारबाहीको माग गरेकी छिन् । उनले यस्तो विपदको बेलामा सेवा गर्नुपर्ने ठाउँमा उल्टै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खेलवाड गरी अनियमितता गर्नेहरुले उन्मुक्ति पाउन नहुने बताइन् ।

‘विपन्न आर्थिक अवस्थाका जनताहरु लकडाउनमा भोकै पर्न थालेका छन्, देशले ठूलो सं,कट भोगिरहेको छ,’ कोइरालाले रिपोर्टर्स नेपालसँग भनिन्, ‘यो बेलामा सरकारमा बसेकाले सेवा गर्नुको साटो अनियमितता गरेर ज,घन्य अ,पराध गरेका छन् ।’ कोइरालाले गुणस्तरहीन सामान खरिद गरेको घ,टनाको सत्यतथ्य छानविन गरी सबै हिसाबकिताब देखाउन सरकारसँग माग गरिन् ।

स्वास्थ्य सामाग्री खरिदमा संलग्न जोकोहीलाई का,रबाही गर्नुपर्नेमा उनको जोड थियो । उनले भनिन्, दो,षी छ भने जुनसुकै पदको व्यक्ति पनि सजायको भागिदार हुनुपर्छ । सं,कटको बेलामा पनि यति ठूलो अनियमितता र जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै सरकारले देश र जनतालाई स्पष्ट पार्नुपर्ने बताइन् । ठेक्का र,द्द गरेर सरकारका जिम्मेवार व्यक्तिहरु उम्कन नपाउने उनको भनाई थियो ।

कोइरालाले चीन सरकारले निश्चित कम्पनि र आपूर्तिकर्ताबाहेकबाट सामान नल्याउन भन्दा भन्दै अनुमति नपाएको कम्पनिबाट सामान ल्याएको विषयबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । यस्तो कदमले देशको छवि नै बि,गार्न सक्ने भन्दै सरकारले सबै जिम्मेवारी लिनुपर्ने बताइन् ।

सरकारले आइतबार चीनबाट ल्याएको स्वास्थ्य सामाग्रीको गुणस्तरमाथि नै प्रश्न उठिरहँदा कोइरालाको पछिल्लो भनाई आएको हो । सरकारले ठेक्का सम्झौता र,द्ध गरेपनि आपूर्तिकर्ता कम्पनिको छवि र सामानको गुणस्तरमाथि प्रश्न उठेपछि तरंग ल्याएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।