एकद्वार प्रणालीबाट राहत वितरण गरी सरकारलाई सहयोग गर्न मुख्यमन्त्री राईको आग्रह
विराटनगर, चैत २६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहात वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
बुधबार राजनीतिक दलको सं,यत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो सं,यत्र मार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताउनुभयो ।
नेपाल सरकारको निर्देशिका अनुसार स्थानीय तहले सं,यत्र बनाएर एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्ने भएपनि विभिन्न समाजिक संघ संस्थाले वितरण गर्नेक्रम न,रोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई सो आग्रह गर्नुभएको हो ।
कोरोना भाइसरको स,क्रमण हुन नदिन सरकारले गरेको लकडाउनले विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई परेको स,मस्या समाधानका लागि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको र त्यसैलाई व्यवस्थित बनाउन दलहरुको पनि सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
कोरोना महामा,रीविरुद्धको अभियान सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक एकजुट भएर अगाडि बढेमात्र सफल हुने बताउँदै सं,कटका वेला सबै एक हुनुपर्ने बताउनु भयो ।
राजनीतिक दलका नेताहरुले कोरोनाको सं,क्रमण रो,कथामका लागि प्रदेश सरकारले गरेका कार्यहरु सकारात्मक रहेको भन्दै अझै यसलाई प्रभावकारी ढंगले सञ्चालनु गर्नुपर्ने बताउनुभयो ।


