आइसोलेसन बेडको मापदण्डमा प्रदेश सरकारको कडाई

विराटनगर, चैत २६ । प्रदेश १ मा क्वारेनइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ । प्रदेश १ का २ सय ५४ स्थानमा कूल ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड तयार गरेको छ ।

होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । बुधबार ३३ क्वारेन्टाइन बेड थपिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार आइसोलेसन बेडको संख्या ४ सय ३२ छ । आइसोलेसनमा बेडमा बस्नेको संख्या १० छ । आइसोलेसनबाट ८ महिला र १४ पुरुष डिस्चार्ज भएका छन् । क्वारेन्टाइनबाट ३२ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा निर्माण गरिएका आइसोलेसन स्थलको मापदण्डमा समेत प्रदेश सरकारले कडाई गर्न शुरु गरेको छ । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।

तोकिएको मापदण्ड पुरा गर्न सरकारले कडाइ थालेको हो । सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएका ९ वटा आइसोलेसन मापदण्ड बमोजिम नभएको पाइएपछि घटाएको हो । स्थानीय रुपमा पालिकाहरुमा निर्माण भएको आइसोलेसन स्थल र बेडको विषयमा सरकारले चासो लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सूचना डेस्कले जनाएको छ ।

प्रदेश १ मा हालसम्म १ सय ४५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ३ जनाको रिर्पोट नेगोटिभ आएको छ । स्वाब परीक्षण गर्न स्वाब पठाइएकामा २९ महिला र १ सय १६ पुरुष थिए । ३० महिला र १ सय ३ जनाको पुरुषको रिर्पोट नेगेटिभ आएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।