सांसद चौधरीद्धारा महोत्तरीका २३० मजदुर परिवारलाई राहत वितरण

महोत्तरी । राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिकाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेकी छन् ।

कोरोना भाइरसको महामा,री नियन्त्रण गर्न स्थानीय तहलाई राहत र स्वास्थ्य सामाग्री अभाव भएको बेला सांसद चौधरीले मटिहानी नगरपालिको मझौराविसनपुर र जलेश्वर नगरपालिका खैराका २ सय ३० विपन्न दलित र मजदुरलाई निजी स्रोतबाट राहत र स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।

ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर साँसद चौधरीले बुधवार राहत वितरण गरेकी छन् । पूर्वमन्त्रीसमेत रहेकी सांसद चौधरीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ र ५ का १ सय ३० परिवार मुसहर र चमार तथा जलेश्वर नगरपालिकाको वडा नम्बर ३ का ७० मुसहर घरपरिवारलाई राहत वितरण गरेको जानकारी दिईन् ।

रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार साँसद चौधरीले व्यक्तिगत कोषबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी हुन् । उनले प्रति परिवारलाई १० किलो चामल, २ किलो दाल, २ किलो चिऊरा, २ किलो आलु, २ किलो प्याज, १ लिटर खानेतेल र १ किलो नुन वितरण गरेकी हुन् । खाद्यान्नका साथै सांसद चौधरीले उनीहरुलाई साबुन र माक्स समेत वितरण गरेकी थिइन् । सांसद चौधरी समाजसेवमा समेत निकै सक्रिय छिन् । उनले विपतमा परेकाहरुको लागि जहिल्यैपनि साथ दिँदै आएकी छिन् ।

लकडाउनको अवधिमै उनले यसअघि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेका पशुपन्छीको लागिपनि आहारको व्यवस्था गरेकी थिईन् । घरमै खाना तयार पारेर उनले मन्दिर परिसरमा रहेका गाई, बाँदर, परेवाहरुलाई खाना तथा दाना खुवाएकी थिईन् ।

त्यस्तै, उनले चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउण्डेशनले पठाएका स्वास्थ्य सामग्रीसमेत रौतहट, सर्लाही र महोत्तरीका अस्पताललाई हस्तान्तरण गरेकी थिईन् । उनले भनिन्, चौधरी फाउण्डेशनले पठाएका स्वास्थ्य सामग्री मैले हस्तान्तरण गरिदिएकी हुँ । मैले रौतहटको गौर अस्पताल, सर्लाहीको मलंगवा अस्पताल र महोत्तरीको जलेश्वर अस्पताललाई ती सामग्री हस्तान्तरण गरेकी हुँ । फाउण्डेशनले पठाएका सामग्रीमा पीपीई, मास्क र सेनिटाईजर रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।