रौतहटस्थित मस्जिदमा भी,ड ह,टाउन गएका प्रहरीमाथि हा,तपात
रौतहट, चैत २८ गते । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भी,डभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हा,तपात भएको छ ।
मस्दिजमा एकै ठाँउमा सयाँैको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हा,तपात गरेका छन् ।
बिबीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए । प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उल्लङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरसको स,ङ्क्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरुले उहाँमाथि हा,तपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घ,टनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो सङ्ख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुुभयो । प्रहरीमाथि हा,तपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नि,यन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताउनुुभयो ।
अभियोग लागेका तीनै जना नि,यन्त्रणमा रहेको र घ,टनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


