लकडाउनलाई क,डाइका साथ कार्यान्वयन गर्दै प्रदेश १ सरकार

विराटनगर, चैत २८ । प्रदेश नं. १ मा सरकारले लकडाउनलाई क,डाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र ज,मघट ब,न्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ ।

शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउँन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नि,यन्त्रण, रो,कथाम र उपचार सम्बन्धि सु,रक्षा योजना र जिम्मेवारी तोकेको हो ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाइ दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाइका साथ कार्यन्वयन गराउने, हाटबजार, मेला र ज,मघट बन्द गराउँने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरुलाई उपलब्ध गराउनु पर्ने रकमबारे सिफारिस गर्नुपर्ने लगायतका जिम्मेवारी दिएको हो ।

बैठकले कोशी कोरोना अस्पतालबाट कोरोना परीक्षणका लागि ल्याइएका ५ हजार ¥यापिड टेस्ट किटबाट पहिलो चरणमा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका शंकास्पद व्यक्तिहरुको परीक्षण गर्ने निर्ण गरेको छ ।

साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा शंकर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ । समितिको सदस्यमा पंकज खतिवडा, डा. शैलेशमणी पोखरेल, डा. सुर्य पराजुली, डा मोहन खडका, डा प्रेम प्रसाद आचार्य, र डा सुरेश मेहता रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।